दफा ५४
मुद्दा नचलाइने
प्राधिकरणले वा प्राधिकरणको कुनै सदस्य वा कर्मचारीले वा प्राधिकरणद्वारा खटाइएको वा अधिकार प्रत्यायोजन गरेको कुनै कर्मचारी वा कार्यालयले यस ऐन अन्तर्गत असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा कुनै अदालतमा मुद्दा चलाइने छैन ।